Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पाकिस्तानको दाबी :भारतको जासुसी ड्रोन खसाल्यौ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, १६ गते


Advertisement

काठमाडौं । भारत र पाकिस्तानबीच तनाव बढिरहेको बेला कस्मिरको विवादित सीमा क्षेत्रमा भारतको एक जासुसी ड्रोन खसालेको पाकिस्तानले दाबी गरेको छ।

भारतको जम्मू-कस्मिरस्थित पहलगाम क्षेत्रमा आतंकवादी समूहले २६ जनाको हत्या गरेपछि दुई देशबीचको सम्बन्ध बिग्रिएको छ। गत मंगलबार पहलगामको पर्यटकीय क्षेत्रमा हमला हुँदा बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको थियो।

सो मानव रहित ड्रोनले कस्मिरको कथित नियन्त्रण रेखा उल्लंघन गरेपछि खसालिएको भनेर पाकिस्तानको सरकारी टेलिभिजन च्यानलले रक्षा अधिकारीहरूको हवाला दिँदै मंगलबार जनाएको हो।

सीमा क्षेत्रमा निगरानीका लागि प्रयोग हुने साना ड्रोन दुबै पक्षले विगतमा पनि खसालेका छन्। यसपटक भने दुई आणविक हतियार सम्पन्न राष्ट्रहरूबीच सम्बन्धमा धेरै तनाव आएको बेलामा पाकिस्तानले ड्रोन खसालेको दाबी गरेको हो।

भारतले भने यस बारेमा केही प्रतिक्रिया जनाएको छैन।

पाकिस्तानी रक्षा मन्त्री ख्वाजा मुहम्मद आसिफले भारतसँग युद्ध हुने खतरा भएको चेतावनी दिएको केही घण्टा पछि भारतीय जासुसी ड्रोन खसालेको दावी पाकिस्तानले गरेको हो। रक्षा मन्त्री आसिफले युद्ध हुने खतरा भए पनि त्यसलाई टार्न सकिने बताएका थिए।

‘यदि केही भयो भने दुई वा तीन दिनमा हुनेछ। तत्काल खतरा छ,’ आसिफले पाकिस्तानी जियो न्यूजलाई भने।

चीन, साउदी अरब र अन्य खाडी राष्ट्रहरूले दुई देशबीच युद्ध रोक्न प्रयास गरिरहेका छन्। संयुक्त राष्ट्रसंघले पनि भारत र पाकिस्तानलाई संयमता अपनाउन अनुरोध गरिसकेको छ।

दुई देशबीच तनाव बढिरहेको बेला सीमा क्षेत्रमा बिहीबार राति दुई पक्षबीच गोली हानाहान समेत भएको थियो ।


प्रतिकृया दिनुहोस्