
काठमाडौं । सर्वोच्च अदालतले डा गुणाकर भट्टलाई गभर्नर बनाउन माग गर्दै दायर गरेको रिट हेर्न नभ्याउनेमा परेको छ ।
अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाको तर्फबाट शुक्रबार सर्वोच्चमा दायर पूरक निवेदनको पेसी आइतबारका लागि तोकिएको थियो ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासको ४० औं नम्बरमा पेसी चढेको सो मुद्दा आज हेर्न नभ्याइनेमा राखिएको हो ।
गभर्नर छनोटको प्रक्रिया नै सुरु नभई हल्लाको भरमा गभर्नर बनाउन लागेको भन्दै दायर गरेको रिट सर्वोच्चले प्राथमिकतामा नराखेको हो ।
गभर्नर कुनै आवेदन दिएर छानिने पद नभई छनोट समितिले योग्य लब्ध प्रतिष्ठित व्यक्तिलाई सिफारिस गरेपछि मन्त्रिपरिषद्बाट नियुक्त हुने प्रावधान छ ।
अहिले भट्टलाई गभर्नर बनाउन राजनीतिक संयन्त्रमा सहमत भइसकेको चर्चा छ ।


















