Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पाकिस्तानमा भूकम्प

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, २९ गते


Advertisement

काठमाडौं । पाकिस्तानमा भूकम्प गएको छ।

पाकिस्तानको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज दिउँसो १२स्३१ बजेतिर ५।८ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको केन्द्रबिन्दु रावलपिंडीबाट ६० किलोमिटर उत्तरपश्चिम जमिनबाट १२ किलोमिटर मुनि थियो।

भूकम्पको धक्का पञ्जाबको अटोक, चकवाल, मियाँवाली जिल्ला र आसपासका क्षेत्रमा महसुस गरिएको थियो।

भूकम्पको धक्का खैबर पख्तुनख्वा प्रान्तको पेसावर, मरदान, मोहमन्द र शबकदरमा पनि महसुस गरिएको थियो।

पाकिस्तानमा भूकम्प बारम्बार आउँछन्। सबैभन्दा घातक भूकम्प २००५ मा आएको थियो, जसमा ७४,००० भन्दा बढी मानिसको मृत्यु भएको थियो।

तर आजको भूकम्पले कुनै पनि क्षति भएका समाचार आइसकेको छैन ।


प्रतिकृया दिनुहोस्