Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

५ लाख ३० हजार आप्रवासीलाई अमेरिकाबाट निकाल्ने ट्रम्पको निर्णय

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ८ गते


Advertisement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबा, हैटी, निकारागुआ र भेनेजुएलाबाट आएका ५ लाखभन्दा बढी आप्रवासीको अस्थायी कानुनी स्थिति रद्द गर्ने बताएको छ।

संघीय सरकारले जारी गरेको सूचना अनुसार, कानुनी आधारबिना अमेरिकामा बसोबास गरिरहेका आप्रवासीहरूलाई आफ्नो कार्य अनुमति ९वर्क परमिट० र देशनिकाला नगर्ने सुरक्षा खारेज गर्नुअघि देश छोड्न चेतावनी दिइएको छ।

बाइडेन प्रशासनको अधीनमा सीएचएनभी नामक कार्यक्रम अन्तर्गत ५ लाख ३० हजार आप्रवासीलाई अमेरिका ल्याइएको थियो।

यो कार्यक्रम कानुनी बसाइँसराइको बाटो खोल्नका लागि थियो। तर ट्रम्प राष्ट्रपति बन्नासाथ यो कार्यक्रम स्थगन गरेका हुन्।

यद्यपि, यो अवधिमा यीमध्ये कति आप्रवासीले अमेरिकामा कानुनी रूपमा बस्ने अनुमतिका लागि कानुनी आधार प्राप्त गरेका छन् भन्ने कुरा अझै स्पष्ट छैन।

यो कार्यक्रम पूर्वराष्ट्रपति जो बाइडेनले २०२२ मा सुरु गरेका थिए। पहिले यो भेनेजुएलाका जनताका लागि तयार पारिएको थियो, तर पछि अन्य धेरै देश यसमा सामेल भए ।


प्रतिकृया दिनुहोस्