Hamro Sanchar

९ महिनापछि अन्तरिक्षबाट पृथ्वी फर्किए सुनिता र बुच

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ५ गते


काठमाडौं । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर नौ महिना अन्तरिक्षमा बिताएपछि पृथ्वीमा फर्किएका छन् ।

भारतीय समयअनुसार बिहान ३:२७ बजे चार अन्तरिक्ष यात्री बोकेको क्याप्सुल फ्लोरिडाको तटनजिकै समुद्रको तटमा अवतरण गरेको थियो ।

जब उनीहरू दुवै अन्तरिक्षयानबाट बाहिर निस्किए, उनीहरूको अनुहारमा मुस्कान थियो । जमिनमा आइपुग्न १७ घण्टा लागेको बताइएको छ ।

अन्तरिक्षयान द्रूत गतिमा पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्यो, त्यसपछि चार प्यारासुटहरू खुले र उनीहरूलाई फ्लोरिडाको तटमा बिस्तारै अवतरण गरियो ।

नासाको कमर्सियल क्रू प्रोग्रामका प्रबन्धक स्टिभ स्टिचले चालक दलका सदस्यहरूको प्रशंसा गरे ।

सुनिता विलियम्स र बुच विल्मोर ५ जुन २०२४ मा स्टारलाइनर परीक्षण यानबाट आईएसएस गएका थिए ।

त्यहाँ आठ दिन बिताएपछि उनीहरू फर्कने तयारी थियो । तर, अन्तरिक्षयानमा गडबडीका कारण फर्किन पाएका थिएनन् ।


प्रतिकृया दिनुहोस्