Hamro Sanchar

प्रधानमन्त्रीद्वारा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आह्वान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, ३० गते


काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक डाकिएको छ।

बैठक साँझ ५:३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी डाकिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

संयन्त्रमा सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेता छन्।

फागुन २५ गते आइतबार राजावादीले काठमाडौँमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा काठमाडौँमा गरेको प्रदर्शनपछि नेपाली राजनीति तरंगित छ। यसै परिप्रेक्ष्यमा संयन्त्रको बैठक बस्न लागेको हो ।


प्रतिकृया दिनुहोस्