Hamro Sanchar

काठमाडौं महानगरलाई राप्रपाले बुझायो १ लाख जरिवाना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २६ गते


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई जरिवाना बुझाएको छ ।

आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने क्रममा काठमाडौंका सडकमा फोहोर र बिरुवामा क्षति गरेको भन्दै महानगरले एक लाख जरिवाना तोकेको थियो ।

उक्त जरिवाना वापतको रकम राप्रपाले महानगरलाई आज बुझाएको हो ।

संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले महानगर प्रहरीको टोलीलाई भेटेर जरिवाना वापतको रकम बुझाएको हो।

 


प्रतिकृया दिनुहोस्