Hamro Sanchar

जसपा नेपालले पदाधिकारी र कार्यकारिणी सदस्य थप्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २६ गते


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालमा केन्द्रीय पदाधिकारी र कार्यकारिणी समिति सदस्य थप गरिने भएको छ ।

पदाधिकारी र कार्यकारिणी सदस्य थप गर्न केन्द्रीय समितिको बैठकबाट पार्टी विधानको धारा २९ को उपधारा ३ संशोधन गरिएको जसपा नेपालका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार, जातीय, सामुदायिक तथा लैंगिक समावेशीतालाई आधार मानी पदाधिकारी तथा कार्यकारिणी सदस्य थप गर्न लागिएको छ । संशोधित विधानानुसार थप दुई उपाध्यक्ष र एक महासचिव तथा ११ केन्द्रीय कार्यकारिणी सदस्य थप गरिनेछ ।

अब केन्द्रीय समिति अध्यक्ष, वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष र केन्द्रीय समितिबाट निर्वाचित २१ सदस्य रहने गरी केन्द्रीय कार्यकारिणी समिति गठन हुने भएको बस्नेतले बताए ।


प्रतिकृया दिनुहोस्