Skip

Hamro Sanchar

सुदूरपश्चिम प्रदेशसभालाई विशेष सम्बोधन गर्न प्रधानमन्त्री ओली आज धनगढी जादै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २५ गते


Advertisement

धनगढी । सुदूरपश्चिम प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी आउँदै छन्।

प्रदेश सभाको पाँचौँ अधिवेशन अन्तरगत १७ औँ बैठकमा प्रधानमन्त्री ओली सम्बोधन गर्दै छन्।

ओलीले आइतबार मध्यान्न १ बजे सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए।

यसअघि प्रदेश सभाको पहिलो कार्यकालमा नेकपाको सरकार भएको बेला पनि प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गरेका थिए ।


प्रतिकृया दिनुहोस्