Skip

Hamro Sanchar

म्याग्दी र बागलुङमा भूकम्पको धक्का

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २४ गते


काठमाडौं । म्याग्दीमा भूकम्प गएको छ ।

आज बिहान सवा ३ बजे ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार जिल्लाको मुरी क्षेत्रलाई केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

उता बागलुङमा पनि भूकम्प गएको छ । म्याग्दीमा भूकम्प गएको ३ घण्टापछि आज बिहान बागलुङमा पनि भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर २० मिनेट जाँदा बागलुङको खुखानीलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

 


प्रतिकृया दिनुहोस्