Hamro Sanchar

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, १३ गते


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज पाँच सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च बनेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

यसअघि फागुन ८ गते सुनको मूल्य तोलामा एक लाख ७१ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार ९७० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।


प्रतिकृया दिनुहोस्