Hamro Sanchar

‘ग्रामर गुरु’ भनेर चिनिने भाषाविद् चूडामणि गौतमको निधन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, १३ गते


काठमाडौं । ‘ग्रामर गुरु’ भनेर चिनिने भाषाविद् चूडामणि गौतमको निधन भएको छ ।

गौतमको ८१ वर्षको उमेरमा सोमबार काठमाडौंमा निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार उनको सोमबार साँझ उपचारका क्रममा निधन भएको हो । गौतमले लेखेको अंग्रेजी भाषाको ग्रामर प्रख्यात छ ।

अंग्रेजी भाषालाई पृष्ठभूमि बनाएका गौतमले पछिल्लो समय नेपाली भाषामा पनि योगदान गरे ।

गौतमले ०७९ भदौ ११ गते ‘बृहत्तर नेपाली शब्दकोश’ विमोचन गरेका थिए ।

त्यसअघि गौतमले ‘विवादित वर्णविन्यासको नेपाली शब्दकोश’ पनि सार्वजनिक गरेका थिए ।


प्रतिकृया दिनुहोस्