Hamro Sanchar

ज्ञानेन्द्र शाही भन्छन् : माओवादीले राजा चाहिँदैन भन्दा सुहाउँछ, कांग्रेस र एमालेलाई होइन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, ११ गते


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र)शाहीले नेपाली कांग्रेस र नेकपा एमालेले राजा चाहिँदैन भनेको नसुहाउने बताएका छन् ।

‘आज माओवादी माओवादीले राजा चाहिँदैन भन्दा सुहाउँछ । तर, राजाको पालामा प्रधानमन्त्री खाएको खाई गर्ने, राजाका अगाडि पाउमा दाम चढाउनेहरूले आज यहाँ ९राजा०को विरोध गर्न पाइँदैन,’ आइतबार संसदमा बोल्दै सांसद शाहीले भने ।

नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाले राजालाई मानेको उनले स्मरण गरे । कसैले राजाको घाँटी काट्न आए आफ्नो घाँटी माथि र राजाको घाँटी तल भनेको उनले बताए ।

‘‘आज भएका साथीहरू यी कांग्रेस हुन कि होइनन् भन्ने प्रश्न चिन्ह खडा भयो । आज राजालाई यो संसदमा विरोध गरियो । कमसेकम विपीको सिद्धान्तलाई त मानेको भए हुन्थ्यो,’ उनले भने ।

एमालेका तत्कालीन महासचिव मदन भण्डारीले समेत एउटा राजा रहँदैमा र नरहँदैमा केही फरक नपर्ने तर, सामन्तवाद रहिरह्यो भने त्यसले फरक पार्छ भनेको सांसद शाहीले स्मरण गरे ।

‘‘आज मदन भण्डारीको विचार पनि बेचेर खाए आज यिनीहरू मदन भण्डारीका कार्यकर्ता हुन कि होइनन् भनेर प्रश्न गर्नुपर्ने अवस्था आयो,’ सांसद शाहीले भने ।


प्रतिकृया दिनुहोस्