Skip

Hamro Sanchar

हर्क साम्पाङले सोधे : प्रधानमन्त्री बालेन के खान मुस्ताङ जानुभएको ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ८ गते


Advertisement

८ भदौ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथ संसदीय दलका नेता हर्कराज राई (साम्पाङ) ले प्रधानमन्त्री किन मुस्ताङ गएका हुन् भन्ने प्रश्न गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री पदको निजी जीवन नहुने भन्ने हेक्का राख्नुपर्ने बताए ।

‘उहाँ मन्त्रिपरिषद्, संसदलाई सूचना नदिई जानुभएको हो ? के खान जानुभएको ? हावा थेन भने काठमाडौंमा हावा छ । मुस्ताङमा स्याउ पनि फलेको थिएन होला अहिले । के चाख्न जानुभएको हो, त्यो भन्नुपर्छ । सदनमा जवाफ दिनुपर्छ,’ राईले भने ।


प्रतिकृया दिनुहोस्