
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।
यस्तै डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ घटेको छ ।
इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मुख्यअनुसार शनिबार पेट्रोलको ५८ पैसा बढेर र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेर आएकाले सोहीअनुसार मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नयाँ मूल्य आजदेखि लागू हुनेछ ।
निगमका अनुसार नयाँ मूल्यअनुसार आजदेखि काठमाडौँमा पेट्रोलको १६८ रुपैयाँ र डिजेल र मट्टितेलको १५६ रुपैयाँ प्रतिलिटर पर्ने भएको छ ।