Hamro Sanchar

सुनको मूल्य आज तोलामा २३ सय रुपैयाँले बढ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, १ गते


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँ बढेको छ । बुधबार (हिजो) दुई हजार ७०० रुपैयाँले घटेको सुन आज दुई हजार ३०० रुपैयाँले बढेको हो ।

आज सुन प्रतितोला एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदी तोलामा ३५ रुपैयाँ बढेको छ । यसदिन चाँदी प्रतितोला एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिकृया दिनुहोस्