Skip

Hamro Sanchar

सञ्चारमन्त्रीको दाबी : कांग्रेससँगको सहकार्य ०८४ सम्म जान्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, १२ गते


सञ्चारमन्त्रीको दाबी( कांग्रेससँगको सहकार्य ०८४ सम्म जान्छ

काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नढल्ने दाबी गरेका छन्। सरकारका प्रवक्ता समेत रहेका गुरूङले यो गठबन्धन ०८४ को चुनावसम्म जाने दाबी गरे।

लमजुङमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, कांग्रेस र एमालेसहित केही साना दलहरुले समर्थन गरेपछि दुई तिहाईको बहुमत छ। त्यसैले यो सरकार आगामी चुनावसम्म सहज ढंगले अगाडि बढ्छ।

सरकार फेरिने हल्ला प्रतिपक्ष दलका नेताहरुले कार्यकर्तालाई उत्साह दिनको लागि मात्रै भनेका हुन्।

उनले अस्थिरता चाहनेहरुले सरकार परिवर्तनको हल्ला चलाएको भन्दै ढुक्कसँग चल्ने बताए ।


प्रतिकृया दिनुहोस्