Hamro Sanchar

सुनको मुल्य तोलामा १२ सय रुपैयाँ बढ्यो, चाँदीको मूल्य पनि वृद्धि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, ३ गते


काठमाडौं । सुनको मूल्य आज तोलामा १२०० रुपैयाँले बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।

बुधबार तोलाको एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । बुधबारको तुलनामा तोलाको ५० रुपैयाँले बढेको हो ।

बुधबार १८३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलाको १८८० रुपैयाँ कायम भएको छ ।


प्रतिकृया दिनुहोस्