Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको मुल्य, चाँदी पनि महँगियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, २५ गते


Advertisement

काठमाडौं । आज सुनचाँदीकै मूल्य बढेको छ। हिजो प्रतितोला पाँचसय रुपैयाँ बढेको सुनको मूल्य आज आठसय रुपैयाँ बढेको हो।

आज सुन तोलाको एक लाख ५३ हजार तीनसय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य एकलाख ५२ हजार पाँचसय रुपैयाँ थियो।

आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ बढेको छ। चाँदीको मूल्य आज प्रतितोला एक हजार आठसय ४० रुपैयाँ पुगेको छ। हिजो चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ३० रुपैयाँ थियो।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो।


प्रतिकृया दिनुहोस्