Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रचण्डले भने : प्रधानमन्त्री हुँदा भन्दा अहिले गोरखाको विकासमा समय दिन पाएको छु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, ६ गते


Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू विपक्षी दलको नेताको हैसियतमा पुगेसँगै निर्वाचन क्षेत्रमा आवतजावत गर्न पनि स्वतन्त्र भएको बताएका छन् ।

गोरखा–ताकुकोट सेवा समाज काठमाडौंको साधारण सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री भएको बेलामा भन्दा अहिले आफूलाई थप सुविधा भएको बताए । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले गोरखाको विकासका लागि प्रयास गरिरहेको जिकिर गरे ।

‘अहिले म विपक्षी दलको नेताको हैसियतमा छु । र म अलिक स्वतन्त्र छु । गोरखा आउन जान पनि, तपाईंहरूसँग भेटघाट, अन्तक्रिया गर्न पनि,’ अध्यक्ष प्रचण्डले भने, ‘गोरखाका विकास निर्माणका कामहरूमा ध्यान दिन पनि प्रधानमन्त्री भएको बेलामा भन्दा अहिले सुविधा छ । विपक्षीको हैसियतले ती कुराहरू अघि बढाउने प्रयास पनि गरिरहेको छु ।’

उनले बारपाक, सुलिकोट लगायतका क्षेत्रमा पुलदेखि सडक निर्माणसम्मको कामका लागि पहल गरिएको जानकारी गराए।

२०७४ को चुनावमा चितवन क्षेत्र नम्बर ३ बाट जितेका उनले यसपटक गोरखा २ बाट निर्वाचित भएका थिए ।


प्रतिकृया दिनुहोस्