Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बस दुर्घटना हुँदा दाङमा १ जनाको मृत्यु, ११ घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, ५ गते


Advertisement

दाङ । दाङमा आज भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। अन्य ११ जना घाइते भएका छन्।

घोराही उपमहानगरपालिका-१० गुर्जेखोलास्थित घोराही तुलसीपुर सडकमा तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख ८१६ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको रा ५प ६६५४ नं को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक घोराही-१० का ४४ वर्षीय दिलीप केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिए।

उक्त दुर्घटनामा बसमा सवार २२ मध्ये ११ जना घाइते भएका छन्। उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए। बस चालक घोराही-१८ फुर्सेखालीका ५३ वर्षीय गोपाल विकलाई प्रहरीले नियन्त्रण लिएको छ।


प्रतिकृया दिनुहोस्