Skip

Hamro Sanchar

रवि हिरासतमा सुतिरहेको फोटो भाइरल भएपछि डा.निकाेलशकाे दाबी : मैले खिचेको हो, माफी चाहन्छु :

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, ४ गते


काठमाडौं । डा. निकोलस भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हिरासतमा रहेको फोटो आफूले खिचेको दाबी गरेका छन् ।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछाने सुतिरहेको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि भुसालले उक्त तस्बिर आफूले खिचेको बताएका हुन् ।

यो फोटो रियल हो, मैले नै खिचेको हो । गल्ती भएको हो, माफी चाहन्छु । मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन, भ्रममा नपर्न अनुरोध । म स्वस्थ्य अवस्था बुझन र हौसला प्रदान गर्न गएको थिएँ, उनले फेसबुकमा भनेका छन् ।

कास्की प्रहरी स्रोतले पनि भुसालले नै फोटो खिचेको हुन सक्ने बताएको छ । यस विषयमा छानबिन हुँदै छ, आज बेलुकासम्म केही आउला, स्रोतले भने ।


प्रतिकृया दिनुहोस्