Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेकपा एसले गर्‍यो २४ सदस्यीय सचिवालय गठन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, २ गते


Advertisement

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय गठन गरेको छ। स्थायी कमिटीको बैठकले २४ सदस्यीय सचिवालय गठन गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए।

उनका अनुसार सचिवालमा अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेता, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव रहने बताए।

यस्तै पार्टीलाई जनतासँग जोड्नको लागि पार्टीले विभिन्न अभियानहरु चलाउने निर्णय पनि गरेको बताए।

यस्तै, महासचिवको नेतृत्वा उपमहासचिवसहित केन्द्रीय कार्यालय गठन गरेको पनि बताए।

उनले कार्यविभाजनको विषयमा आएको प्रस्तावमा अध्ययन गरि दुई दिनपछि टुंग्याउने पनि बताए ।


प्रतिकृया दिनुहोस्