Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ओलीले टेलिफोनको विषयलाई लिएर आफूलाई बदनाम गर्न खोजेको बामदेवकाे आरोप

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, १ गते


Advertisement

काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले टेलिफोनको विषयलाई लिएर आफूलाई बदनाम गर्न खोजेको आरोप लगाएका छन्।

गौतमले सोमबार विज्ञप्ति निकालेर आफूले ओलीका स्वकीय सचिव बज्राचार्यलाई नै टोलिफोन गरेको तर ओलीले आफूसँग गरेको भनेर कुप्रचार गरेको दाबी गरेका छन्।

‘तपाइको श्वर र तपाइकै शैलीमा राष्ट्र नेता मदन भण्डारी हत्यासम्बन्धि कथित निस्कर्ष भएको लिंक मेरो फोन र नम्वरमा आयो,’ उनको विज्ञप्तिमा भनिएको छ, ‘हेरेपछि म छांगाबाट खसेजस्तो भएँ। त्यसपछि मैले आफ्नो पहिलो कर्तब्य तपाइबाटै जानकारी लिने हो भन्ने ठानेँ।त्यसपछि मैले मेरोमा भएको तपाइको फोनमा कल गरे तर फोन लागेन। त्यस पछि मैले क। राजेशलाई उहाँकै फोनमा लिंक पठाइ दिएँ र तुरुन्तै कल गरेँ, उहाँले कल रिषिभ गर्नु भयो र सदा झैं नमस्कार कमरेड भन्नु भयो।’

गौतमले अगाडि भनेका छन्, ‘त्यस पछि मैले उहाँलाई भनेँ, एउटा सिरियस लिंक मेरोमा आयो, केपी कमरेडको फोन उठेन र तपाइलाई पठाइ दिएको छु। तु उहाँलाई पठाइ दिनोस्। मलाई यो धेरै सिरियस लागेको छ। प्रधानमन्त्री र पार्टी अध्यक्षबाट पनि हट्न पर्ने हुन सक्छ। यो भन्दा वढी मैले एक शब्द पनि बोलेको छैन। फोन नं राजेश कै हो।’

तर, ओलीले भने आफूसँग कुरा गरेको तर नचिनेको भनेर प्रचार गरेको गौतमको भनाइ छ। ‘यसलाई केपीले प्रचारको विषय वनाएर मेरो बदनाम गर्ने तुच्छ कोसिस गर्नुहोला भन्ने मलाई लागेको थिएन,’ गौतमले चुनौती दिएका छन्, ‘क। के पी म तपाइलाई चुनौती दिन्छु-मेरो भ्वाइस रेकर्ड सार्वजनिक गरिदिनोस्। पीएमको नाताले भ्वाइस रेकर्ड निकाल्न सकिहाल्नु हुन्छ।


प्रतिकृया दिनुहोस्