काठमाडौं । श्रीलंकामा कम्युनिस्ट गठबन्धनले दुई तिहाई सिट जित्ने निश्चित भएको छ।
बिहीबार भएको निर्वाचनको मतगणना जारी रहँदा शुक्रबार बिहानसम्म राष्ट्रपति अनुरा कुमारा दिशानायके नेतृत्वको बामपन्थी गठबन्धन दुई तिहाई नजिक पुगेको हो।
श्रीलंकाको निर्वाचन आयोगका अनुसार राष्ट्रपति दिशानायकेको नेशनल पिपुल्स पावरले २२५ मध्ये १२३ सिट जितिसकेको छ।
साजिथ प्रेमदासा नेतृत्वका विपक्षी दल समागी जना बालावेगयाले ३१ सिट जितेको छ। पूर्व राष्ट्रपति रनिल विक्रामासिंघेको डेमोक्र्याटिक फ्रन्टले तीन सिटमात्रै जितेको छ।
गत असोजमा मात्रै साजिथ प्रेमदासालाई पराजित गर्दै अनुराकुमारा राष्ट्रपति निर्वाचित भएका थिए। उनी राष्ट्रपति निर्वाचित निर्वाचित हुँदा दुई रेकर्डसमेत बनेका थिए।
श्रीलंकामा उनी राष्ट्रपति चुनिँदै गर्दा दुईवटा रेकर्ड बनेका थिए । दिशानायके त्यहाँ पहिलोपटक वामपन्थी राष्ट्रपति बनेका थिए भने राष्ट्रपति चुन्नका लागि दोस्रो रोजाइको मतगणना गरिएको थियो।
राष्ट्रपति बनेको एक महिनामै दिशानायेकेले चमत्कारीपूर्ण नतिजा निकाल्दै वामपन्थीलाई दुई तिहाई सिट जित्ने अवस्थामा पुर्याएका हुन्।
यहाँ पहिलोपटक आम निर्वाचनमा बामपन्थीले दुई तिहाई नजिक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।श्रीलंकामा कुल २२५ सदस्यीय संसदमा २९ जना समानुपातिकबाट छानिन्छन् ।