Hamro Sanchar

हाइमास्ट लाइटले कागेश्वरी मनोहराको विरेन्द्रचोक झलमल्ल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, १५ गते


Advertisement

काठमाडौं, कात्तिक १५- कागेश्वरी मनोहरा नगरपालिकाको विरेन्द्रचोक उच्च क्षमताको हाइमास्ट लाइट जडान भएपछि झलमल्ल (उज्यालो) भएको छ ।

नगरपालिकाको वडा ७ र ९ को सिमाना विरेन्द्रचोकमा १२ सय वाटको १३ मिटर अग्लो हाइमास्ट लाइट जडान भएको छ ।

हाइमास्ट लाइटको नगरप्रमुख उपेन्द्र कार्कीले बिहिबार साँझ स्विच अन गरेर उद्घाटन गरेका हुन् । लाइटको उद्घाटन गर्दै नगरप्रमुख कार्कीले ‘उज्यालो नगर, सुरक्षित नगर’का रुपमा विकसित गर्ने योजनाले मूर्त रुप लिँदै गरेको बताए ।

चोकमा जडान गरीएको हाइमास्ट लाइटले स्थानीयलाई सहज हुनुका साथै रातीको समयमा हुने आपराधिक गतिविधी नियन्त्रण गर्न सहयोग पुग्ने बताए । उज्यालो नगर, सुरक्षित नगर अन्तर्गत चालु आर्थिक वर्षमा नगरका मुख्य सडकमा लाइट र सिसिटिभी जडान जडान गर्ने गरी काम भैरहेको उनले बताए ।

वडा नम्बर ७ को बिशेष पहलमा नगरपालिकाको १६ लाख सहयोगमा निर्माण सम्पन्न भएको हाइमास्ट लाइटले सय मिटर वरपर उज्यालो दिने वडाअध्यक्ष भीमसेन थापाले जानकारी दिए । लाइटको खम्बाभित्र लिफटिंङ मेसिन जडान गरिएको र ५ फिट अण्डर ग्राउण्ड बताइएको छ ।

उद्घाटन कार्यक्रममा उपप्रमुख शान्ता थापा, वडा नम्बर ८ का वडाअध्यक्ष हरिभक्त पुडासैनी, ९ का अध्यक्ष अनिल थापालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, टोल विकास समितीका पदाधिकारीसहित स्थानीयहरुको उपस्थिति रहेको थियो ।


प्रतिकृया दिनुहोस्