आज : २०८१ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बाढीपहिरोमा परी २ सय २८ जनाको मृत्यु, २५ जना आझै बेपत्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १६ गते


Advertisement

काठमाडौँ । हालैको बाढीपहिरामा परी २ सय २८ जनाको मृत्यु भएको छ । भने २५ जना बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ, भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ ।

प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ ।

सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।


प्रतिकृया दिनुहोस्