काठमाडौं । भारतको छत्तीसगढमा चट्याङ लागेर ७ जनाको मृत्यु भएको छ । छत्तीसगढको बालोदबजार जिल्लामा चट्याङ पर्दा अन्य मानिस पनि घाइते भएका छन्
छत्तीसगढका मुख्यमन्त्री विष्णु देव साईले मोहत्रा गाउँमा चट्याङ लागेर ७ जनाको मृत्यु भएको र कैयौँ घाइते भएका पुष्टि गरेका हुन् ।
उनले यो घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेलाई तत्काल उपचारका लागि अस्पताल पुर्याएको जानकारी दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
मुख्यमन्त्रीले मृतकका परिवारप्रति समवेदनासहित दिवङ्गत आत्माको चिरशान्ति र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । हरेक वर्ष मनसुनको समयमा भारतमा चट्याङ लागेर सयौँको ज्यान जाने गरेको छ ।