आज : २०८१ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एमाले कागेश्वरी मनोहरा नगरपालिका-६ को अध्यक्षमा उमेश अधिकारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १७ गते


Advertisement

काठमाडौं, भदौ १७- नेकपा एमाले कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-६ पार्टी कमिटीको अध्यक्षमा उमेश अधिकारी निर्वाचित भएका छन् । शनिबार सम्पन्न दोस्रो अधिबेशनबाट अध्यक्षमा अधिकारीसहितको २१ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित भएका हुन् ।

यस्तै कमिटिको उपाध्यक्षमा अमृत खड्का, सचिवमा प्रकाश ढुङ्गेल, उपसचिवमा राजन फुयाल, उपसचिवमा रुकमीणि नेपाल चयन भएका छन् ।

पुर्वमन्त्री तथा संविधान सभा सदस्य रामेश्वर फुयालको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेसनमा बागमती प्रदेश कमिटी सदस्य सुवर्ण श्रेष्ठ र मणिराम फुयाललगायतको आथित्य रहेको थियो ।

अधिवेसन समारोहलाई सम्बोधन गर्दै संविधान सभा सदस्य फुयालले नवनिर्वाचित कमिटीलाई बधाई दिनुका साथै जतानाका समस्या केन्द्रित कार्यमा लाग्न निर्देशनसमेत दिए ।


प्रतिकृया दिनुहोस्