काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका-१ मा एउटा जिप सुनकोशी नदीमा खसेको छ ।
काठमाडौंतर्फ आउँदै गरेको जिप मध्यपहाडी लोकमार्गको कुँडुले भन्ने ठाउँबाट सुनकोशी नदीमा खसेको थाहा पाएपछि प्रहरी घटनास्थलमा पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिलकुमार खड्काका अनुसार उक्त जिपमा ४ जना सवार रहेको र एक जना हामफालेर बाहिर निस्केको जानकारी प्रहरीले पाएको छ।
हामफालेर बाहिर निस्केका व्यक्तिको खुर्कोट सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । अन्य ३ जनाको अवस्था अहिलेसम्म थाहा नभएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको खबर पाएपछि सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस खुर्कोटबाट १० जनाको टोली खोजीमा खटिएको छ ।