Hamro Sanchar

उपसभामुख रानाविरुद्ध उजुरी, जिम्मेवारीबाट हटाउन माग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, ५ गते


Advertisement

काठमाडौं, साउन ५– उपसभामुख इन्दिरा रानाले पदको दुरुपयोग गरी अमेरिकी दूतावासमा भिसा सिफारिस गरेको भन्दै संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । उजुरीमा उपसभामुखमाथि छानबिन गरी जिम्मेवारीबाट हटाउन माग गरिएको छ ।

समितिका सभापति रामहरि खतिवडाले उपसभामुखविरुद्ध उजुरी परेको जानकारी दिँदै यसबारे सभामुख देवराज घिमिरेलाई जानकारी गराएको बताएका छन् । उपसभामुख रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिकामा लैजाने गरी डेढ वर्षअघि दूतावासमा पत्र लेखेको सार्वजनिक भएको थियो ।

उनले भिसाको अन्तर्वार्ता छिटो गरिदिन अमेरिकी दूतावासलाई उपसभामुखको लेटरप्याड प्रयोग गरेर लेखेको पत्र केही दिनअघि मात्र सार्वजनिक भएको हो ।

उपसभामुख रानाले भने आफूविरुद्ध नियोजित कदम चालिएको बताएकी छन् ।

विवादित पत्रबारे शुक्रबार प्रष्टीकरण दिँदै उनले आफूले करूणाभावले पत्र लेखेको तर पत्र लेखेको डेढ वर्षपछि विवादित बनाउन खोजिनुको पछि नियोजित कदम रहेको उल्लेख गरेकी छन् ।


प्रतिकृया दिनुहोस्