Skip

Hamro Sanchar

बौद्धमा महाङ्काल भगवान र गुरु पद्मसम्भवको प्रतिमा प्राण प्रतिष्ठापन ह्राप्ने साधना पुजा हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, ५ गते


काठमाडौं । नेपाल सरकार संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगत रहेको श्री बौद्धनाथ क्षेत्र विकास समितिद्धारा काठमाडौं महानगरपालिका वडा नं ६ बौद्धमा निर्मित महाङ्काल भगवान, गुरु पद्मसम्भवको प्रतिमा प्रतिष्ठापन पूजा गरिने भएको छ ।

आजदेखि चार दिनसम्म(५,६, ८ र ९ गते) महाङ्काल भगवानको प्रतिमा प्रतिष्ठापन साधना पूजा गरिने श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले जानकारी दिएका हुन् । अध्यक्ष राजकुमार लामाको अध्यक्षतामा साउन २ गते बसेको बैठकमा छलफल भई यस कार्यक्रम सम्बन्धी निर्णय भएको अध्यक्ष लामाले जानकारी दिए ।

बैठकले उक्त पूजा सम्पन्न गर्नका लागि विकास समितिका पदाधिकारी, सदस्य र विभिन्न सरोकारवाला निकाय संघ–संस्थाहरु रहनेगरि सहारोह समिति गठन गरि विभिन्न जिम्मेवारी समेत विभाजन गरेको छ ।

पूजा कार्यक्रममा जिम्मेवारी सहित उपस्थित हुन समेत सो बैठकले सबैलाई आमन्त्रण गरेको छ । निर्धारित कार्यक्रमअनुसार आज बिहान १० बजे गुरु नाम्खा रेन्पोचेबाट साधना राप्ने पूजा गर्दै बौद्ध महाङ्काल मूर्ति प्रतिष्ठापन पूजा सुरु हुने छ । त्यसैगरी, ६ गते आइतबार बिहान ९ बजे गुरु लोप्साङ नाम्गेल रेन्पोचेबाट श्रद्धेय गुरु पद्मसम्भव मूर्तिको साधना राप्ने पूजा हुने छ ।

यस्तै, ८ र ९ गते हिन्दू धर्म ,बौद्ध धर्म र बज्रचार्य गुरुहरुबाट परम्परा अनुसार गुरुहरुबाट महाङ्काल मूर्तिको प्राणप्रतिष्ठापन साधना पूजा हुने अध्यक्ष लामाले जानकारी दिए । उनले उक्त कार्यक्रममा सहभागी हुन समेत सबैलाई अनुरोध गरेका छन् ।


प्रतिकृया दिनुहोस्