Skip

Hamro Sanchar

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १ गते


Advertisement

१ भदौ, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।

आज बसेको आठौँ अधिवेशन १९औँ बैठकमा मुख्यमन्त्री आचार्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ जना प्रदेशसभा सदस्यले मत दिए भने प्रस्तावको विपक्षमा २६ जनाले मत दिए ।

मतदान प्रक्रिया सकिएपछि सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री आचार्यले बहुमत प्राप्त गरेको औपचारिक घोषणा गरेका हुन् ।

मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालका सांसदले विश्वासको मत दिएका छन् ।

८३ सदस्यीय लुम्बिनी प्रदेश सभामा ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए । प्रदेशसभा बैठकमा आठ जना सांसद अनुपस्थित रहे ।


प्रतिकृया दिनुहोस्