Skip

Hamro Sanchar

धावन मार्गमा खाल्डो देखिएपछि बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ११ गते


काठमाडौं, जेठ ११- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । शुक्रबार बिहान विमानस्थलको धावन मार्गमा खाल्डो देखिएपछि सबै विमानहरू करिब आधी घण्टा होल्ड भएका थिए ।

धावनमार्गमा अवतरण गर्ने जहाजले टावरलाई पिच उप्किएको जानकारी गराएपछि काठमाडौं विमानस्थलले सबै उडान रोकेको हो ।

प्राविधिकहरूले उक्त खाल्डोको निरीक्षण गरेपछि विमानस्थल सञ्चालनमा आएको हो । रन वे -०२ को जमिन चर्किएपछि(क्रयाक) आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका थिए ।

थाइ र मलेसियन एयरलाइन्सका जहाजहरू सिमराको आकाशमै होल्ड भएका थिए ।


प्रतिकृया दिनुहोस्