काठमाडौं, जेठ ११- प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि स्थगित भएको छ ।
कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले जेठ १३ गतेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित भएको घोषणा गरेका हुन् । बैठक सुरू गर्नेबित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको थियो ।
सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद अघि बढाउन सहमति भएको भन्दै अघि बढाउन आग्रह गरेका छन् ।
उनले संसदलाई विधिसम्मत तरिकाले अघि बढाउन प्रतिपक्षी र सत्तापक्षी जिम्मेवार हुनुपर्ने बताए ।
कांग्रेसले सहकारी अनियमितता प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।