Hamro Sanchar

अडानबाट टसमस भएन कांग्रेस, राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पनि प्रस्तुत गर्न नदिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, ३१ गते


Advertisement

काठमाडौँ, बैशाख ३१- नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समिति नबनेसम्म संसदमा जारी अवरोध कायमै राख्ने भएको छ।  सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत समेत गर्न नदिने निष्कर्ष निकालेको हो ।

कांग्रेस प्रवक्ता डा प्रकाश शरण महतले आफुहरुको संसदीय छानबिन समिति गठन हुनुपर्ने माग यथावत नै रहेको बताए ।

उनले भने, ‘सरकारले संसदको अवरोध खुलाउने संकेत देखाएको छैन । हाम्रो माग पूरा नभएसम्म सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिँदैनौँ ।’

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको छ । त्यसका लागि दिउँसो ३ बजे बैठक बोलाइएको छ ।


प्रतिकृया दिनुहोस्