Hamro Sanchar

सुनकोशी-मरिण डाइभर्सन सुरुङ ब्रेक थ्रु : प्रधानमन्त्री प्रचण्ड आजै सिन्धुली जाने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, २५ गते


Advertisement

सिन्धुली, बैशाख २५- प्रधानमन्त्री पुष्पकमल दाहाल आज सिन्धुली जाने भएका छन् ।

सिन्धुलीमा संचालित राष्ट्रिय गौरवको रुपान्तरणकारी आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको १३ दशमलव ३ किलोमिटर सुरुङको निर्माण सकिएसँगै सो सुरुङगको ब्रेक थ्रु गर्नका लागि प्रधानमन्त्री दाहाल सिन्धुली जान लागेका हुन् ।

बुधबार तय गरिएको सुरुङको ब्रेकथ्रु कार्यक्रमका लागि प्रधानमन्त्री आजै सुनकोशी गाउँपालिका ५ मुलकोटस्थित क्वालिटी बीच रिसोर्टमा बस्ने तय भएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनालले जानकारी दिए ।

प्रधानमन्त्री दाहाल उर्जा जलश्रोत तथा सिंँचाइ मन्त्री शक्तिबहादुर बस्नेतसहित आज अपरान्ह नेपाली सेनाको हेलिकोप्टरबाट सो रिसोर्टमा पुग्ने र भोली रिसोर्टबाट करिव ९ किलोमिटरको दुरी सुनकोशी गाउपालिका ७ को मझुवा कानढुंग्रीमा दिनको ११ बजे आयोजित विशेष समारोहमा रिमोटबाट सुरुङ्गको ब्रेकथ्रु गर्ने तयारी रहेको जनाइएको छ ।


प्रतिकृया दिनुहोस्