Hamro Sanchar

नेकपा एस् निकट नेपाल रिटर्नी एसोसिएसन सिराह जिल्ला कमिटी गठन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, ७ गते


Advertisement

काठमाडौं, बैशाख ७- नेकपा एकीकृत समाजवादी निकट नेपाल रिटर्नी एसोसिएसन (समाजवादी)को सिराह जिल्ला कमिटी गठन भएको छ ।

जिल्ला कमिटी सिराहको पहिलो भेलाले सन्तोष कुमार पण्डितको अध्यक्षतामा ५१ सदस्यतामा गठन गरेको छ । जसमा राम कुमार महतो उपाध्यक्ष र सचिवमा लक्ष्मी सिंह रहेका छन् ।

एसोसियसनका केन्द्रीय अध्यक्ष प्रविन पौडलको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो । भेलामा विशेष अतिथि जिल्ला कमिटी अध्यक्ष प्रमोद यादव , प्रदेश सदस्य रवीन्द्र साह, सचिवालय सदस्य कमल यादव, सिराह जिल्ला कमिटी सचिव योगेश सिंह, अखिल सिराह जिल्ला अध्यक्ष सुरेश यादव लगायतको उपस्थिति थियो ।

भेलालाई सम्बोधन गर्दै एसोसिएसनका अध्यक्ष पौडेलले विदेशबाट युवाहरु ज्ञान, शिप, पुँजी साथै लगनका साथ केही गरौं र स्वदेशमै रोजगार सिर्जना गर्ने हैसियतमा फर्कने भएकाले रिटर्नीहरु देशको लागि बलियो खम्बा भएको बताए । एसोसियसनले पार्टी र देशलाई सही मार्गमा अघि बढाउन आवाज बुलन्द गर्ने उनको दाबी छ । कृषि उत्पादन नै राष्ट्रको प्रमुख मेरुदण्ड भएकाले त्यसतर्फ एसोसिएनको पूर्ण ध्यान केन्द्रित रहेको बताए । पौडेलले राष्ट्रले आवश्यकता हेरेर प्राथमिकताको आधारमा लगानी गर्नुपर्ने भन्दै केही दलका प्रमुखले भ्यू टावर बनाएकोमा गर्व गरेकोमा चिन्ता ब्यक्त गरे ।

उनले भने, ‘जुन भ्यू टावर जस्ता अदुरदर्शी चटकी विकासले जनता मारमा परेका उनीहरुमा नैराश्यता फैलिनुका साथै ऋणको भार मात्र थुपारेको छ । भ्यू टावर छेउको बस्ती दिनरात गरिबीमा दुई छाक खान लडिरहेको छ । उक्त भ्यू टावरको सट्टामा तिनै गरीब बस्तीलाई कृषि उत्पादनमा जोडी व्यस्थापन गरेको भए ति बस्ती गरिबीको रेखाबाट माथि उठाउन सकिने थियो ।’

राज्यको मूल संयन्त्रमा बस्नेले राज्यको ढुकुटी खर्च गर्दा विकासको प्राथमिकताको आधारमा गरे मात्र जनता स्वदेशी उत्पादनलाई निर्भर हुन सक्ने कुरालाई जोड दिँदै उनले अनुत्पादक र तत्काल आवश्यकता विहिन क्षेत्रमा राज्यले खर्च अनुरोध गरे ।

फरक प्रशंगमा पौडेलले केपी ओलीले आफ्नो जिम्मेवारीलाई बिर्सेर गलत ढंगबाट काम गरेकोले पार्टी विभाजित हुन पुगेको बताए । त्यो गलत प्रवृत्तिको विरुद्धमा पार्टी अध्यक्ष माधव कुमार नेपालले शाहस गरेर केपी ओलिको गलत अभीष्ट पूरा हुन नदिई देशलाई जोगाएको कुरा स्पष्ट पारे ।

सिराह जिल्ला अध्यक्ष यादवले रिटर्नी एसोसिएनले उठाएको तीन वटा मुद्दा वस्तु परक रहेकाले उक्त मुद्दा स्थापित गर्न रिटर्नी एसोसिएसनको अग्रसरता रहनुपर्ने बताए । उनले सबै जिल्लाहरुमा संगठन विस्तार र सबै सदस्यहरू जागरुक भै अगाडि बढ्न अनुरोध गरे । साथै गोलबजार नगर सदस्य भेषराज ठकुरीले एकीकृत समाजवादीको जनवर्गीय संगठनले छोटो समयमै सफलता हासिल गरेकोमा खुसी ब्यक्त गरे ।


प्रतिकृया दिनुहोस्