दोलखा, चैत २८- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट नेपाल दलित मुक्ति संगठन दोलखाको सातौँ जिल्ला अधिवेशन आगामी बैशाख २२ गते हुने भएको छ । मंगलबार जिल्लाको सदरमुकाम चरिकोटमा सम्पन्न बिस्तारित बैठकले बैशाख २२ गते संगठनको जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।
अधिवेशन भब्य रुपमा सम्पन्न गर्नका लागि बिस्तारित बैठकले अध्यक्ष कुल बहादुर विश्वकर्माको संयोजकत्वमा २५ सदस्यीय आयोजक कमिटी गठन गरेको छ । जसमा उपसंयोजकमा बुथे नेपाली र सचिवमा यादव सार्की रहेका छन् ।
यस्तै बैठकले नेपाल दलित मुक्ति संगठनको पालिका संयोजक समेत तोकेको छ ।
कुल बहादुर विश्वकर्माको अध्यक्षता र एकीकृत समाजवादीका केन्द्रीय सदस्य गोपाल न्यौपानेको प्रमुख आतिथ्यतामा भएको भेलामा बिशेष अतिथि जिल्ला अध्यक्ष भिम प्रसाद दाहाल, राष्ट्रिय सभा सदस्य तथा संगठनका केन्द्रिय महासचिव घनश्याम रिजाललगायत पार्टी जिल्ला उपाध्यक्ष अशोक दाहाल, संगठनका केन्द्रिय सचिव इन्चार्ज नन्दराज घतानी, केन्द्रिय सचिव तथा बागमती प्रदेश सदस्य दिपक धनुके, समाजवादी प्रेस संगठनका केन्द्रिय सचिव प्रदिप नेपाली, खेलकुद महासंघ दोलखाका अध्यक्ष तथा संगठन सदस्य शक्ति बिक, अखिल नेपाल महिला संघ दोलखाकी अध्यक्ष गोमा दाहाल, सचिव सावित्रा घिमिरे, मोहन थापा लगायतले शुभकामना दिएका थिए ।
सम्मेलनमा जिल्लाभरबाट झण्डै एक हजार जनाको सहभागितामा रहने अध्यक्ष विश्वकर्माले जानकारी दिए । उक्त अधिवेशन चरिकोटमा केन्द्रिय स्तरका नेताहरुको उपस्थितिमा सम्पन्न गर्ने बताइएको छ ।