Skip

Hamro Sanchar

छोरी जन्मिएपछि आमा अस्पतालबाटै फरार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, १३ गते


काठमाडौँ, फागुन १३- पर्सामा छोरी जन्मेपछि आमा अस्पतालबाटै फरार भएकी छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा हिजो बिहान सीता देवी नाम दर्ता गराएकी महिलाले छोरीलाई जन्म दिएकी थिइन् । सुत्केरी व्यथा लागेपछि अस्ति साँझ सासूसँग अस्पताल पुगेकी उनले जन्म दिएकी शिशु स्वस्थ अवस्थामा रहेको अस्पतालले बताएको छ । अस्पतालमा रानीघाट-६ वीरगञ्जको ठेगाना टिपाए उनीहरूले दुवैजनासँग मोबाइल नभएको बताएका थिए ।

हिजो साँझ अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्डको आँखा छलेर हिँडेका उनीहरूको खोजी तीव्र पारिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । गलत ठेगाना टिपाएर गएका कारण खोजी गर्न कठिनाइ भएको डिएसपी थापाले बताए ।

छोरी जन्मिएकै कारण आमा र हजुरआमा शिशुलाई अलपत्र छोडेर हिँडेको अस्पतालको दाबी छ । अस्पताल वरपर खोजतलास गर्दा नभेटिएपछि अस्पताल प्रशासनले प्रहरीलाई जानकारी गराएको छ ।


प्रतिकृया दिनुहोस्