
काठमाडौँ, फागुन १२- शिशु चोरेको आरोपमा पक्राउ परेकी महिला अस्पताल भर्ना भएकी छन् । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु दैलेख घर भएकी मनकुमारी सिंह महिला उच्च रक्तश्राब भएपछि सिनामंगलरस्थित केएमसी अस्पताल भर्ना भएकी हुन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार शुक्रबार राति १२ बजे प्रहरीले सिंहलाई काँडाघारीमा फेला पारेको थियो भने शिशुको पनि उद्दार गरेको थियो ।


















