काठमाडौं, माघ २४- अष्ट्रेलियन प्रहरीले रिदम भट्टचनविरूद्ध पक्राउ पुर्जी गरेको छ । अष्ट्रेलियाको औबर्न प्रहरीले २६ वर्षीय भट्टचनविरूद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको हो ।
औबर्न प्रहरीले फेसबुकमा रिदमको तस्बिर राख्दै उनीविरूद्ध दूरसञ्चार कसुरमा पक्राउ पुर्जी जारी भएको जानकारी दिएको हो ।
त्यहाँको प्रहरीले अपरेशन अमरोक चलाएर उनीविरूद्ध खोजी तीव्र पारेको जनाएको छ । अपरेशन घरेलु हिंसा र सम्बन्धित अपराध लक्षित राज्यव्यापी अपरेशन रहेको प्रहरीले जनाएको छ ।
उनी यसअघि पनि गेम्ब्लिङ र लागुऔषध कसुरमा पटकपटक विवादमा परेका थिए ।