Hamro Sanchar

निषेधित क्षेत्रबाट सिके राउत पक्राउ परेपछि माइतीघरको निषेधित क्षेत्र तत्काल हटाउन माग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० पुष, १६ गते


Advertisement

काठमाडौं, पुस १६- निषेधित क्षेत्रबाट सिके राउत पक्राउ परेपछि माइतीघरको निषेधित क्षेत्र तत्काल हटाउन नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माग गरेका छन् ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा महामन्त्री थापाले माइतीघर मण्डल मानिसहरुले आफ्नो कुरा राख्ने, सरकार र संसदलाई सुनाउने ठाउँ भएको बताए ।

धोती जुलुस भनेर पोलिटिकल स्टेटमेन्ट दिन खोज्दा सोमबार मात्र केही मानिस पक्राउ परेको भन्दै उनले भने, ‘निषधित इोत्र घोषणा गरेपछि बल प्रयोग गर्नुपर्यो । त्यसैले माइतीघरको निषेधित क्षेत्र हटाइदिनुस् ।’

सोमबार धोती जुलुस निकाल्दा जनमत पार्टीका अध्यक्ष सीके राउत, सामान्य प्रशासन मन्त्री अनिता देवी लगायत ५० भन्दा धेरै पक्राउ परेका थिए ।


प्रतिकृया दिनुहोस्