Hamro Sanchar

कागेश्वरीमा आजबाट हुने भनिएको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थगित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० पुष, १० गते


Advertisement

काठमाडौं, पुस १०- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा आजबाट सुरु हुने भनिएको तेश्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थगित भएको छ ।

प्रतियोगिता आज बिहान मूलपानी चौरमा एक बिशेष कार्यक्रमबीच उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । तर प्राविधिक कारणले तयारी पुरा नभएकोले स्थगित गर्नुपरेको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समति सदस्य कपिल खनालले जानकारी दिए ।

प्रतियोगिता आजबाट ४ दिनसम्म अर्थात् शनिबार समापन गर्ने बताइएको थियो ।

स्थगित भएको प्रतियोगिता आगामी पुस २५ गतेबाट सुरु हुने छ ।


प्रतिकृया दिनुहोस्