काठमाडौं, कात्तिक १७- युएईलाई हराउँदै सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा हुने टी-२० विश्वकप क्रिकेटमा छनोट भएपछि नेपाली खेलाडीले मूलपानी मैदानलाई ढोगेका छन् ।
शुक्रबार विश्वकपमा छनोट भएपछि कप्तान रोहित पौडेल, करण केसी, सोमपाल कामीलगायतका खेलाडीले मैदानलाई ढोगेका थिए ।
युएईले दिएको १३५ रनको लक्ष्य १७.१ ओभरमा दुई विकेट गुमाएर भेट्टाएपछि नेपाल विश्वकपमा छनोट भएको थियो । यसअघि सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेलेको नेपाल १० वर्षपछि पुन विश्वकपमा छनोट भएको हो ।