Hamro Sanchar

एमालेका नेता महेश बस्नेतविरुद्ध प्रहरीमा उजुरी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० कात्तिक, १४ गते


Advertisement

काठमाडौँ, कातिक १४- पूर्वमन्त्री महेश बस्नेतविरुद्ध प्रहरीमा उजुरी परेका छ । पत्रकारलाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध उजुरी परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

बेल्जियममा बसेर पत्रकारिता गर्दै आएका ओम शर्माले बस्नेतविरुद्ध प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएका हुन् ।

घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

बस्नेत नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य हुन् ।


प्रतिकृया दिनुहोस्