काठमाण्डौं, भदौ २०- कागेश्वरी मनोहरा वडा नं. ७ मुलपानीमा रहेको आनन्द भैरव माध्यामिक विद्यालयमा “मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस” को अवसरमा आयोजित कार्यक्रम सम्पन्न भएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाको महिला बालबालीका तथा समाज कल्याण शाखाको समन्वयमा आयोजित कार्यक्रमको उद्घाटन कागेश्वोरी मनोहरा नगरापलिकाका नगरप्रमुख उपेन्द्र कार्कीले गरेका थिए ।
नगरप्र्रमुख कार्कीले कार्यक्रमलाई सम्बोधन गर्दै मानव बेचबिखनको विषयमा विद्यार्थीहरुले बेलैमा सचेत हुनु पर्ने बताए । उनले भने, “विद्यार्थीहरुले माध्यामिक तहमा अध्ययन गर्दै गर्दा नै मानव बेचबिखन बारे बुझ्नु पर्छ र बेलैमा सचेत पनि हुनु पर्छ । विद्यालयमा अध्यापनका क्रममा शिक्षक शिक्षिकाहरुले पनि यो विषयमा विद्यार्थीहरुलाई मसिनो गरि बुझिने गरि अध्यापन गराउनु पर्छ ताकि, भोलिका दिनमा कोहि पनि बालबालिकाहरु यो समस्यको सिकार नबनुन ।” उनका अनुसार पछिल्लो समय बालश्रमको नाममा मानव बेचबिखन बढिरहेको भन्दै यसप्रति सजग रहन सबैलाई अनुरोध गरे ।
कार्यक्रममा नगर उप-प्रमुख शान्ता थापाको पनि उपस्थिती रहेको थियो । उनले सुचना प्रविधिको विकास भएसँगै सामाजिक संजालको दुरुपयोग गरेर मानव बेचबिखन हुने गरेकाले विद्यार्थीहरु सचेत रहनु पर्ने बताईन ।
विद्यालयकि प्रधानाध्यापक सरु कार्कीले मानव बेचविखनका घट्ना कसरी हुन्छ भन्ने जानकारी हुँदाहुँदै पनि बालबालिकाहरु ललाईफकाई र प्रलोभनमा परेर फस्ने गरेकाले विद्यार्थी भाईबहिनीहरुले यस्ता किसिमका प्रलोभनबाट बच्नुपर्ने र सबैभन्दा पहिला आफै जागरुक हुनुपर्नेमा जोड दिईन् ।
कार्यक्रममा वडा नं. ७ का वडाअध्यक्ष भिमसेन थापा, महिला बालबालिका तथा समाज कल्याण शाखाकी प्रमुख सविना श्रेष्ठ, कागेश्वरी मनोहरा नगरपालिकाका कानूनी सल्लाकार विश्वनाथ खनाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर थापालगाएतले मानव बेचविखनबाट बच्ने उपाए बारे प्रकाश पारेका थिए ।
कार्यक्रमको अवसरमा विद्यालयका टिम क्याप्टेनहरुलाई नगरप्रमुख कार्कीले ब्याच वितरण गरेका थिए ।
कार्यक्रमका विद्यार्थीहरुले विभिन्न सास्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।