Skip

Hamro Sanchar

आईसीसी महिला टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपालले बहराइनलाई १० विकेटले हरायो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, १५ गते


काठमाडौं, भदौ १५- आईसीसी महिला टी–ट्वेन्टी विश्वकप एसिया छनोट खेलमा नेपालले बहराइनलाई १० विकेटले हराएको छ ।

आईसीसी महिला टी–ट्वेन्टी विश्वकप एसिया छनोट खेलमा नेपालले बहराइनलाई १० विकेटले हराएको छ । मलेसियाको क्वालालम्पुर क्रिकेट मैदानमा नेपालले २.५ ओभरमा बहराइनले दिएको ३२ रनको लक्ष्य भेट्टाएको हो ।

नेपालका ओपनर कविता कुँवरले १७ रन र सीता रानामगरले २ रन नटआउट रहे । १३ रन एक्ट्रा रन नेपालले प्राप्त गर्‍यो । बहराइनले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गरेको थियो ।

नेपालका बलरका सामु बहराइनका ब्याटिङ चल्न सकेन । बहराइनकी कप्तान दीपिका रसङ्गीकाले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बहराइनलाई सस्तैमा समेट्न इन्दु वर्माले तीन विकेट, खुशी डंगोलले दुई विकेट, कविता कुँवर, पुजा महतो, रविना छेत्री बेलवासीले समान एक रएक विकेट लिएका थिए ।

पहिलो खेलमा घरेलु टोली मलेसियाविरुद्ध ५ रनको रोमाञ्चक जित निकालेको नेपाली टोली आज लगातार दोस्रो जित हात पारेको हो । ११ टोली सम्मिलित प्रतियोतिमा नेपालको समूहमा ६ टोली रहेका छन् । समूह ए को शीर्ष दुई मात्र सेमिफाइनलमा पुग्नेछन् ।


प्रतिकृया दिनुहोस्