Skip

Hamro Sanchar

हामी त बुढो भैसक्यौं, अब युवाहरुको आवश्यकता छ: शशांक कोइराला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, १२ गते


काठमाडौं, भदौ १२-नेपाली कांग्रेसका सांसद शशांक कोइरालाले आगामी राजनीति युवाहरुको पक्षमा ल्याउनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सांसद कोइरालाले आगामी राजनीति युवाहरुको पक्षमा ल्याउनुपर्ने बताएका हुन् ।

उनले आफूहरु बुढो भइसकेको र कहिले ढल्ने भन्ने थाहा नभएको भन्दै उनले राजनीतिमा युवाको आवश्यकता औंल्याए । उनले यसका लागि आफू मनसुन सकिएसँगै पन्ध्रौँ महाधिवेशनको तयारीस्वरुप सातवटै प्रदेशमा घुम्ने पनि बताए ।

उनले सभापतिको उम्मेदवार बन्नेबारेमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै साथीहरुसँग कुरा गरेर मात्रै निर्णय गर्ने बताए । उनले भने, ‘पन्ध्रौँ महाधिवेशनको तयारीको सिलसिलामा सातै प्रदेशमा घुम्ने, किनभने भोलिको राजनीति भनेको युवाहरुको पक्षमा ल्याउनुपर्छ । हामी त बुढो भइसक्यौँ, कहिले ढल्छौँ थाहा छैन। ’


प्रतिकृया दिनुहोस्