Hamro Sanchar

एक वर्षमा १२ खर्ब २० अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, १ गते


Advertisement

काठमाडौं, भदौ १- आर्थिक वर्ष २०७९/८० मा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअुनसार अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स २१ दशमलव २ प्रतिशतले बढेको हो ।

यस्तै गएको आर्थिक वर्ष अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या चार लाख ९७ हजार सात सय चार पुगेको छ । यो सङ्ख्या ४० दशमलव तीन प्रतिशतले वृद्धि भएको हो ।

यस्तै पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या भने एक दशमलव आठ प्रतिशतले घटेर दुई लाख ७७ हजार दुई सय ७२ रहेको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिकृया दिनुहोस्